गृहपृष्ठ हिउँमै कार्यालय, विद्यार्थीले पढ्न पाएनन्
हिउँमै कार्यालय, विद्यार्थीले पढ्न पाएनन्
डोल्पामा हिमपातका कारण विद्ययलयको पठनपाठन प्रभावित भएको छ । लगातारको हिमपातका कारण विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् । विद्यालयको भवन हिउँले पुरिएकाले पनि कक्षा संचालन गर्न कठिन भएको बताइएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका– ६ स्थित मालिका माध्यमिक विद्यालय नर्कुमा विद्यालय प्रागणदेखि छानासमेत हिउँले पुरेपछि विद्यालय सञ्चालन गर्न समस्या भएको छ । डोल्पाका अधिकांश विद्यालय हिमपातका कारण खुल्न सकेको छैन । त्यस्तै, सरकारी कार्यालयको कामकाज पनि प्रभावित भएको छ । हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिकाको कार्यालयमा हिउँको बीचमा कार्यालय सञ्चालन गरिएको छ ।

तस्बिर : रासस
प्रकाशित समय १२:५१ बजे

















