गृहपृष्ठ प्रदेश १ : संसद बैठकद्वारा शोक प्रस्ताव पारित

प्रदेश १ : संसद बैठकद्वारा शोक प्रस्ताव पारित

प्रदेश नम्बर १ को प्रदेशसभाले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले मन्त्री अधिकारीसहित ६ जनाप्रति शोक प्रस्ताव पारित गरेको हो ।

गत बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी वीरेन्द्रप्रसाद श्रेष्ठ, धुव्रदास भोछिभया र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।

शोक प्रस्ताव पारित गर्दै आइतबारको बैठक सकिएको हो । संसदको अर्को बैठक आगामी फागुन २६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु