गृहपृष्ठ पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

तीन छोरीले दिए दागबत्ति

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बिहान श्रद्धान्जलीका लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको उनको पार्थिव शरीर पशुपति आर्यघाटमा आइतबर नै अन्त्यस्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा तीन छोरीले दागबत्ती दिएका थिए ।

आर्यघाटमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो। उनको शनिबार राति उपचारका क्रममा ह्याम्स अस्पतालमा ९ बजेर ३५ मिनेटमा निधन भएको थियो।

तस्बिर : रासस

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु