गृहपृष्ठ विराटनगरमा प्रादेशिक महिला सम्मेलन हुुने
विराटनगरमा प्रादेशिक महिला सम्मेलन हुुने
प्रदेश एकका महिलाहरुको अवस्था एवं सवालहरुको पहिचान गरि लैंगिक नीति तर्जुुमा गर्ने उदेश्यले विराटनगरमा प्रादेशिक महिला सम्मेलन हुुने भएको छ ।
सामाजिक मन्त्रालयले आइतबार विराटनगरमा पत्रकार सम्मेलनगरी फागुुन २१ र २२ गते विराटनगरमा महिला सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलनमा प्रदेससभाका महिला सदस्य, स्थानीय तहका महिला प्रमुुख, उपप्रमुुख, कार्यपालिका सदस्य, जिल्ला समन्वय समितिका उपप्रमुुख, एकल महिला, मानवअधिकार रक्षक तथा महिला सञ्चारकर्मी गरी पाँचसय भन्दा बढि महिलाहरुको सहभागिता रहने छ ।
दुुईदिने सम्मेलनले महिलामाथि हुुने हिंसा अन्त्यका लागि प्रादेशिक नीति तथा कार्ययोजना बनाउने मन्त्रालयका सचिव हरिप्रसाद दाहालले बताए । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम गर्न लागिएको हो ।
प्रदेश एकको ४५ लाख जनसंख्यामध्ये २६ लाख ६८ हजार ४ सय ७ महिला रहेका छन् ।
प्रकाशित समय १०:४० बजे

















