गृहपृष्ठ अमेरिकाको अलाबामा राज्यमा भिषण आँधी, १४ जनाको मृत्यु
अमेरिकाको अलाबामा राज्यमा भिषण आँधी, १४ जनाको मृत्यु
अमेरिकाको अलाबामा राज्यमा टोर्नान्डो आँधीले बितन्डा मच्चाएको छ । आँधीका कारण १४ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् ।
थुप्रै बालबालिका आँधीमा परेका छन् भने केही हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आलाबामाका गभर्नर के आइभीले ट्विट गर्दै अझै अप्ठेरो मौसमको सामना गर्नुपर्ने अवस्था रहेको जनाएकी छन् ।
टोर्नान्डो आँधी करिब १६५ माइल प्रति घण्टाको दरले आएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
प्रकाशित समय १०:२० बजे

















