गृहपृष्ठ महिला पत्रकारलाई सूचनामै अंकुश !
महिला पत्रकारलाई सूचनामै अंकुश !
कर्णली प्रदेशमा क्रियाशील महिला पत्रकारले आफूहरुलाई जिम्मेवार तहमा बसेकाले वेवास्ता गरेको गुनासो गरेका छन् ।
प्रदेश सभाका महिला सदस्य र महिला पत्रकारबीच आइतबार भएको अन्तर्क्रियामा महिला पत्रकारले आफूहरुलाई सूचना समेत दिन आनाकानी हुने गरेको बताए । क्रियाशिल पत्रकार महिला समुहकी अध्यक्ष लक्ष्मी भण्डारीले भनिन् ‘महिलालाई सार्वजनिक तहमै बसेकाले सूचना दिन पनि आनाकानी गर्छन् ।’
पत्रकारकै रुपमा नबुझेको पनि उनिहरुको गुनासो थियो । प्रदेश पत्रकार महासंघकी उपाअध्क्ष डम्बर आचार्यले भनिन्, ‘उच्च पदमा बसेकाहरुले नै महिलालाई पत्रकारका बुझ्दैनन् ।’
कतियप अवसरमा महिलालाई भन्दा पनि पुरुषलाई अघि सारिने अवस्था रहेको उनले बताइन् । पुरुष भन्दा योग्यतामा अब्बल कर्णाली प्रदेशका पत्रकार महिलाहरुको लागी कर्णाली सरकारले वेवास्ता गर्न नहुँने सहभागी महिला पत्रकारहरुको भनाइ थियो ।
उनीहरुले पेशागत सुरक्षको ग्यारेन्टीका लागि आवाज उठाएका छन् । कार्यक्रममा सुर्खेतका विभिन्न सञ्चार माध्यममा कार्यरत २० महिला पत्रकारको सहभागीता थियो ।
प्रकाशित समय १०:५९ बजे

















