गृहपृष्ठ अधिकारीको निधनमा शोक प्रस्ताव पारित
अधिकारीको निधनमा शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको मंगलबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वा्चित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए ।
यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद भएका थिए । उनको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेकोे शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य भएका थिए । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहेका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुभएको पारित शोक प्रस्तावमा उल्लेख छ ।
उपचारका क्रममा उनको यही फागुन १८ गते राजधानीमा निधन भएको थियो । ८३ वर्षीय अधिकारीले राज्यका लागि पु¥याउनुभएको उच्च सम्मान गर्दै प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रकाशित समय १५:०५ बजे

















