गृहपृष्ठ मेयरको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ

मेयरको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको छोरीको विवाहको लागि खरिद गरिएको समान चोरी गरेको आरोपमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रमुख साहको छोरीको विवाहको लागि खरिद गरिएको खाद्यान्न सामाग्री जनकपुर उपमहानगरपालिका वाडा नम्बर ४ स्थित कलवार कुटटीको एक कोठामा भण्डारण गरिएको थियो । विवाहका लागि भोजका लागि खरिद गरिएको दाल, चामल, ध्यु, ग्याँस सिलिण्डरलगायतको सरसमाग्रीहरु चोरी भएको थियो ।

प्रमुख साहले कलवार कुटटीमा भण्डारण गरिएको समान चोरिएको आरोपमा जिरोमाइलस्थित प्रहरी चौकीले सुराकीको आधारमा जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर ६ बस्ने २१ वर्षिय बिक्की साह र जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर ४ का २० वर्षीय किशन मन्डललाई पक्राउ गरेको छ । पक्राउ पर्ने उनीहरुको कोठामा सरसमानको साथै एल सी डि लगायतको समान प्रहरीले बरामद गरेको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु