गृहपृष्ठ कपिलवस्तुमा ‘विप्लव’का कार्यकर्तामाथि गोली प्रहार

कपिलवस्तुमा ‘विप्लव’का कार्यकर्तामाथि गोली प्रहार

goli-prahar2-newskarobar

कपिलवस्तुमा गोली चलेको छ । प्रहरीले चलाएको गोलीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरजाडामा प्रहरीले चलाएको गोली लागेर दुर्गाबहादुर रोका घाइते भएको कपिलवस्तुका एसपी अच्यूत पुडासैनीले जानकारी दिए ।

प्रहरीले रोकाको सुन्दरजाडास्थित घरमा छापा मार्न पुगेको थियो । प्रहरीका अनुसार रोका भागेपछि गोली प्रहार गरेको र उनको खुट्टामा गोली लागेको छ ।

घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ रोकाको घरबाट २ थान एसएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु