गृहपृष्ठ पोखराको हल्लनचोकमा आगलागी, ६ पसलमा क्षति
पोखराको हल्लनचोकमा आगलागी, ६ पसलमा क्षति
पोखराको लेकसाइड हल्लनचोकस्थित क्रेजी बर्गरमा शुक्रबार राति आगलागी भएको छ । आगलागी ६ वटा पसलमा फैलिँदा करोडौंको क्षति भएको छ ।
बर्गरसहित पोखरा माउन्टेन बाइक, क्लब ९९, माछापुच्छ्रे तन्दुरी, निड्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डी क्राफ्टमा आगलागी फैलिएको हो । पोखरा माउन्टेन बाइकमा मात्र करिब २ करोड बराबरको क्षति भएको सञ्चालकको दावी छ । क्लब ९९ मा ४ पहिले पनि आगलागी भएको थियो । दबर्गर पसलमा रहेको ग्यास सिलिण्डर पड्केर आगलागी सुरु भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय र दमकलको सहायताबाट आगो नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
प्रकाशित समय ११:३२ बजे

















