गृहपृष्ठ राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

rastriya_sabha_newskarobar फाइल तस्बिर

राष्ट्रियसभाको आइतबारको बैठकले केही दिन अगाडि निधन भएका वामपन्थी नेता गणेश पण्डित र नेपाली कांग्रेसका नेता जीतबहादुर पुरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

स्वर्गीय पण्डित २०४८ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाको सदस्य थिए भने पुरी २०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य थिए । राष्ट्रियसभाको अर्को बैठक फागुन २९ गते दिउँसो १ वजे बस्नेछ । (रासस)

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु