गृहपृष्ठ रुपन्देहीमा एक युवाको हत्या, तीनजना पक्राउ
रुपन्देहीमा एक युवाको हत्या, तीनजना पक्राउ
रुपन्देहीको देवदहमा एक युवाको हत्या भएको छ । देवदह नगरपालिका वडा–५ का २० वर्षीय अमिस पुरीको चिरपट र ढुंगाले हानेर आइतबार राति हत्या भएको हो ।
हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा जाँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि चिरपट, ढुंगालयायतले हानेर उनीहरु भागेका थिए । पुरीको छातीमा गहिरो चोट छ । गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पुरी तरुण दलका कार्यकर्ता भएको बताइएको छ ।
प्रकाशित समय ०८:१७ बजे

















