गृहपृष्ठ साहसी महिलालाई जोन्टा क्लब अफ काठमाडौंको सम्मान
साहसी महिलालाई जोन्टा क्लब अफ काठमाडौंको सम्मान
जोन्टा क्लब अफ काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र पुर्याउने ८ जनालाई सम्मान गरेको छ ।
समाजमा पुर्याएको योगदानको कदरस्वरुप फरक–फरक विधाका महिलालाई सम्मान गरिएको संस्थाले जनाएको छ । पद्मशना शाक्यलाई “द प्रिन्शेस हेलेन शाह इन्स्पिरेस्नल उमन अफ द इयर अवार्ड २०१९” बाट सम्मान गरिएको छ । बसन्ति प्रधान “अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९” बाट सम्मानित भएकी छन् । दुबैलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ ।
“ज्योति स्कलरसिप अवार्ड २०१९ फर म. क्लावस्म्यान उमन इन बिजनेश स्कोलरसिप” अन्तर्गत श्रेया पोखरेल र “ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ्ग उमन इन पब्लिक अफियरस्” अन्तर्गत प्रतिक्षा गुरुङ सम्मानित भएका छन् । उनिहरुलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै हेभ्भी इक्कुप्मेन्ट डोजर चालक मुना घिमिरे, पहिलो महिला बडी बिल्डर निर्मला महर्जन, महिला मेसनको रुपमा कार्यरत राम माया तामाङ र स्टन्ट राइडर दिक्षा श्रेष्ठ सम्मानित भएका छन् ।
प्रकाशित समय ११:०७ बजे

















