गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा
एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा
एनआईसी एशिया बैंकले सप्तरीको राजविराज–८ मा नयाँ शाखा खोलेको छ । शाखाको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरेका छन् ।
बैंकको आब मुलुकभर २ सय ७७ शाखा भएका छन् । २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ शाखारहित बैंकिङ इकाइमार्फत एनआईसीले सेवा दिँदै आएको छ । सम्भावित बजार क्षेत्रमा थप शाखा खोल्ने योजना रहेको बैंकले जनाएको छ ।
प्रकाशित समय ११:१६ बजे

















