गृहपृष्ठ ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

accident-newskarobar

सोमबार राति सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शारदा नगरपालिका-२ श्रीनगरबाट लानीत बजार जाँदै गरेको रा १ त ११५१ नंको ट्रयाक्टर सोमबार राति दुर्घटनामा पर्दा चालक शारदा- १२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र- १ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकामा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको थियो ।

प्रकाशित समय १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु