गृहपृष्ठ भीम रावल भन्छन्- मेरा विरूद्धको कूप्रचार थोत्रो बर्कोले छोपिँदैन

भीम रावल भन्छन्- मेरा विरूद्धको कूप्रचार थोत्रो बर्कोले छोपिँदैन

bhim-rawal

शुक्रबार सरकारले पृथकतावादी अभियान चलाइरहेका डा. सिके (चन्द्रकान्त) राउतसँग ११ बुँदै सहमति गरेपछि नेकपाभित्र त्यसले विवाद बढाएको छ । एकातर्फ नेकपाका सचिवालय सदस्यले नै आफूले सम्झौताको भाषा सच्याउन आग्रह गरेको भए पनि त्यसो नभएको बताउँदै आएका छन् ।

अर्कातर्फ नेकपाका नेताहरूबीच सामाजिक सञ्जाल ट्वीटरमा आरोप प्रत्यारोप चलेको छ । नेकपाका स्थायी समिति सदस्य भीम रावलले मंगलबार यससम्बन्धमा पुनः ट्वीट गरेका छन् ।

मंगलबार ट्वीट गर्दै रावलले भनेका छन्, ‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसँग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिँदै अलग देशको नेतासँग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु