गृहपृष्ठ प्रधानमन्त्रीले शुभारम्भ गरे ‘मेयरखबर डटकम’
प्रधानमन्त्रीले शुभारम्भ गरे ‘मेयरखबर डटकम’
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेसन, इन्फर्मेसन एण्ड डेभलपमेन्ट (आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गरेका छन् ।
‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ बुधबारदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले संघीयतामा मुलुक प्रवेश गरेसँगै नगर सरकार बलियो भएको बताउँदै जनताको अपेक्षा पूरा गर्न नगर सरकारलाई आग्रह गरे ।
मेयरखबरले नगरको निगरानी गर्दै नगरवासीलाई सूचना प्रवाह गर्ने आइसिआइडीका कार्यकारी निर्देशक शिव अधिकारीले जानकारी दिए । मेयरखबरमा नगरपालिकाका मेयरको अन्तर्वार्ता, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, यस्तो पो मेयर, सूचनापाटी, मेयर कानून, विदेशका मेयरको अनुभूतिलगायत स्तम्भ पढ्न सकिनेछ ।
सो अनलाइन पोर्टलमा प्रत्येक नगरपालिकाको अत्यावश्यक जानकारीसमेत उपलब्ध हुने जनाइएको छ ।
प्रकाशित समय १८:५१ बजे

















