गृहपृष्ठ क्रिकेट रंगशालालाई धुर्मुस सुन्तलीले दिए एक लाख
क्रिकेट रंगशालालाई धुर्मुस सुन्तलीले दिए एक लाख
कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले आफ्नी छोरी सुविहानीको जन्मदिनको अवसर पारेर आफैले बनाउन लागेको क्रिकेट रंगशालाका लागि एक लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । बिहीबार फेसबुकमार्फट कलाकार धुर्मुसले रंगशाला निर्माणका लागी १ लाख ११ हजार १११ रूपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।
छोरीको जन्मदिनमा कुनै विशेष कार्यक्रम नगरी रंगशाला निर्माणमा सहयोग गर्ने उनले बताएका छन् । साथै हरेक विशेष अवसरलाई यसरी नै समाजसेवामा लगाउन अपिल पनि गरेका छन् ।
प्रकाशित समय १३:१२ बजे

















