गृहपृष्ठ न्यूजिल्यान्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना
न्यूजिल्यान्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना
न्यूजिल्यान्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाको नेपाल सरकारले भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी सो हमलाको भर्त्सना गरेको हो । नेपाल सरकारले हमलालाई आतंकवादको औचित्यहीन गतिविधि भनेको छ ।
विज्ञप्तिमा न्यूजिल्यान्डका जनता, सरकार तथा पीडितका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । शुक्रबार भएको सो हमलामा ४० भन्दा धेरैको मृत्यु भएको थियो ।

प्रकाशित समय १७:०९ बजे

















