गृहपृष्ठ प्रचण्डको अमेरिका भ्रमण आइतबारदेखि

प्रचण्डको अमेरिका भ्रमण आइतबारदेखि

Prachanda-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेका हुन् ।
प्रचण्ड यसअघि माघ पहिलो साता अमेरिका जाने कार्यक्रम थियो । तर, यसअघि भेनेजुएलाका बिषयमा अमेरिकाले गरेको हस्तक्षेप बारेमा प्रचण्डले बिज्ञप्ति जारी गरेपछि उनको अमेरिका भ्रमण रोकिएको थियो ।

भेनेजुएली राजनीतिमा अमेरिकी चासोको विरोध गर्दै प्रचण्डले अमेरिकाको विरोधमा वक्तव्य दिएपछि अमेरिकी दुतावासले समेत सरकारको धाराणा माग गरेको थियो । त्यसपछि प्रचण्ड आफैं अमेरिका जान रोकिएका थिए ।

पछि अमेरिकी दुतावासका अधिकारीहरुले प्रचण्डसँग भेटेका थिए । अमेरिकी राजदूत ¥याण्डी बेरी नै प्रचण्ड निवास पुगेर भ्रमण रद्द नगर्न अनुरोध गरेर सम्बन्ध सुधारको प्रयास गरेका थिए । राजदूत बेरीको सोही अनुरोधपछि प्रचण्डले पत्नी सीताको उपचारका लागि अमेरिका जाने कार्यक्रम बनाएको जनाइएको छ । प्रचण्डको अमेरिका बसाईं दुई हप्ताको हुनेछ ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु