गृहपृष्ठ सराङकोटमा सुकुम्बासी बस्ती बसाल्न खोज्ने ५७ जना पक्राउ
सराङकोटमा सुकुम्बासी बस्ती बसाल्न खोज्ने ५७ जना पक्राउ
पोखरा महानगरपालिका १८ स्थित सराङकोटको जामुनाबोटमा आइतबार बेलुका सुकुम्बासी बस्ती बसाल्ने प्रयास गरेका ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय विभुति तथा स्मृति पार्क निमार्ण गर्ने भनिएको उक्त जग्गामा रातरात सुकुम्बासी बस्ती बसाल्ने प्रयास गरेका ५७ जनालाई स्थानियको सहयोगमा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।
उनका अनुसार भोजराज त्रिपाठीको नेतृत्वमा विभिन्न जिल्लाबाट पोखरामा आएर बसोबास गरेका मजदुरहरु सुकुम्बासी बस्ती बसाल्ने भन्दै उक्त क्षेत्रमा बसोबास गर्ने प्रयास गरेका थए । त्रिपाठी सहितका ५७ जनालाई पक्राउ गरेसँगै ४७ जनालाई नै छाडिएको प्रहरीले जनाएको छ ।
१० जनालाई उक्त घटनाको बारेमा अनुसन्धान गर्नको लागि राखिएको उनले जनाए । त्रिपाठीले यस अघि पनि सराङकोट क्षेत्रका सार्वजनीक तथा प्रति जग्गा अतिक्रमण गर्दै आएको पोखरा महानगरपालीका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।
त्रिपाल सहित करिब ७० जनाको समूह उक्त क्षेत्रमा आएर रातरात सुकुम्बासी बस्ती बस्ने खबर थाहा पाएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आफूहरुले विगतका वर्षदेखि जामुनेबोटको क्षेत्रमा भोगचलन गर्दै आएको भए पनि महानगरले स्मृति पार्क बनाउने भनेपछि त्यसमा आफूहरुले सहमति जनाएको टोल विकास समितिका अध्यक्ष भरत बहादुर थापाले बताए । महानगरले उक्त क्षेत्रमा पार्क बनाउन नसके आफुहरुले उक्त जग्गा आफूहरुले नै संरक्षण गर्ने उनले बताए ।
स्थानीय इन्द्रबहादुर थापाले मानगरले छिटो भन्दा छिटो उक्त जग्गा संरक्षणसहित स्मृति पार्क बनाउन आग्रह गरे । पोखरा महानगरपालिकाले पोखराका विभन्नि चोकहरुमा रहेका सालिकहरुलाई ५७ रोपनी रहेको सराङकोटको जामुनेबोटमा व्यस्थापन गर्ने निर्णय गरे पनि समयमै उक्त जग्गाको संरक्षण गर्न नसक्दा सुकुम्बासि बस्ती बसाल्ने प्रयास भएको समितिका अध्यक्ष थापाले बताए ।
प्रकाशित समय १०:५६ बजे

















