गृहपृष्ठ राजपाद्वरा संसद बैठक अवरुद्ध

राजपाद्वरा संसद बैठक अवरुद्ध

राष्ट्रिय जनता पार्टी नेपालले संसद बैठक अवरुद्ध गरेको छ । पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबारको बैठक अवरुद्ध गरेको हो ।

यसअघि बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए । तर, सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि राजपाले संसद बैठक अवरुद्ध गरेको हो ।

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु