गृहपृष्ठ होली सुरक्षा : उपत्यकाका ७७ स्थानमा विशेष ट्राफिक जाँच
होली सुरक्षा : उपत्यकाका ७७ स्थानमा विशेष ट्राफिक जाँच
फाइल तस्बिर
होली पर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै उपत्यकाका ७७ स्थानमा विशेष जाँच भइरहेको छ । महानगरीय ट्राफिक महाशाखाले प्रहरीले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो ।
बिहान सातदेखि बेलुका सात बजेसम्म डीएसपीको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गर्न गरिएको छ । मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारीसाधन चलाउनेलाई विशेष निगरानीमा राखिएको छ ।
उपत्यकाका सडकमा ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाइएको महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए । सवारीसाधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्नुका साथै होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिए अनुसार बिहानदेखि सडकमा अपरेसन सुरू गरिसकेको छ ।
प्रकाशित समय १२:२१ बजे

















