गृहपृष्ठ राजपा नेपालको अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी
राजपा नेपालको अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले सम्हालेका छन् । महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हालेका राजपाले जनाएको छ ।
चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ । तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउनेछैनन् ।
२०७४ साल वैशाख ७ गते विभिन्न दल मिलेर बनेको राजपाको नेतृत्व यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवले गरिसकेका छन् । गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ ।
प्रकाशित समय १२:३४ बजे

















