गृहपृष्ठ काभ्रे गोलीकाण्ड : विप्लव समूहका ४ कार्यकर्ता पक्राउ
काभ्रे गोलीकाण्ड : विप्लव समूहका ४ कार्यकर्ता पक्राउ
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालीकास्थित काफ्लेडाँडामा मंगलबार राति गोली हानाहान भएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङ छन् । प्रहरीका अनुसार उनीहरू कोही पनि घाइते छैनन् ।
काभ्रेबाट पक्राउ परेकाहरू विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ । उनीहरु विभिन्न विस्फोटका घटनामा संलग्न भएको प्रहरकिो दबी छ ।
प्रकाशित समय १२:३९ बजे

















