गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

accident-newskarobar

काठमाण्डौको कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सिन्धुपाल्चोकका विमल रोक्काको मृत्यु भएको हो ।

कपनको सरस्वतीनगरमा बुधबार बेलुकी रोक्का सवार बा ३८ प ३७९९ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको टेलिकमको बक्समा ठोक्एिको थियो । घाइते उनको उपचारका क्रममा आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडी बसेका कपनका जीवन खत्रीे काठमाण्डौको ओम अस्पतालमा उपचाररत छन् ।

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु