गृहपृष्ठ एक किलो अफिमसहित १ जना पक्राउ

एक किलो अफिमसहित १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् । वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ ।(रासस)

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु