गृहपृष्ठ भारतले पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नाकामा रोक्यो
भारतले पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नाकामा रोक्यो
फाइल तस्बिर
भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको हो ।
‘ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका ट्रक पनि दुई दिनदेखि उतै रोकिएको छ’ नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले भने ।
उनका अनुसार फलफूल र तरकारी गाडी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म ल्याउन सकिदैन ।
भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध हुँदै आएको छ ।
प्रकाशित समय १३:१५ बजे

















