गृहपृष्ठ पाँच आयोगका अध्यक्षले नियुक्ति पाए

पाँच आयोगका अध्यक्षले नियुक्ति पाए

समिम अन्सारी

संवैधानिक परिषद्ले सिफारिस गरेको पाँच आयोगका अध्यक्षलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छिन् । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा वालानन्द पौडेल, समावेशी आयोगमा डा शान्तराज सुवेदी, मधेसी आयोगमा डा विजय कुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिमा आयोगमा समिम मियाँ अन्सारी नियुक्त भएका हुन् ।
राष्टपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा नवनियुक्त आयोगका अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले पद तथा गोपनियताको सपथ गराएका थिए । नियुक्त भएका अध्यक्षमध्ये मुस्लिम आयोगको अध्यक्षमा सिफारिस अन्सारीउपर नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते उजुरी परेपछि संसदीय सुनुवाई विशेष समितिले कुनै निर्णय दिन सकेको थिएन । सिफारिसको ४५ दिनसम्म संसदीय समितिले टुंगो लगाउन नसकेपछि संविधानअनुसार अन्सारी स्वतः नियुक्त भएका हुन् । संवैधानिक परिषदले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले ४५ दिनभित्र निर्णय दिनुपर्छ ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु