गृहपृष्ठ सांसद गुरुङलाई सौन्दर्यकर्मीको सम्मान
सांसद गुरुङलाई सौन्दर्यकर्मीको सम्मान
गण्डकी प्रदेशकी सांसद एवं राष्ट्रिय सौन्दर्यकर्मी यूनियनकी संस्थापक अध्यक्ष मीना गुरुङ सम्मानित भएकी छन् । व्यूटिसियन महिलाहरुलाई एकिकृत पारी सांगठनिक रुपमा विकास र विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै युनियनले आफ्नो स्थापना दिवसको अवसरमा सांसद गुरुङलाई सम्मान गरेको हो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ, नेकपाका केन्द्रिय सदस्य चुडामणि जंगली, जिफन्ट महासचिव जनक चौधरी, युनियनका अध्यक्ष सुमन गुरुङ लगायतले सांसद गुरुङलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर, मायाको चिनोसहित फुल माला लगायर सम्मान गरेका हुन् ।
उक्त अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जनक चौधरीलाई समेत सम्मान गरिएको थियो । पन्चे बाजा सहित कार्यक्रममा स्वागत गरिएको उक्त कार्यक्रमको बिचमा विभन्नि नृत्य समेत प्रस्तुतः गरिएको महासचिव पवि गुरुङले बताईन ।
प्रकाशित समय २०:२१ बजे

















