गृहपृष्ठ नेपालले मैत्रीपूर्ण खेलमा कुवेतसँग गोलरहित बराबरी खेल्यो
नेपालले मैत्रीपूर्ण खेलमा कुवेतसँग गोलरहित बराबरी खेल्यो
नेपालले कुवेतसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । कुवेतसँग १९ वर्षपछिको भेटमा नेपालले गोलरहित बराबरीमा रोकेको हो ।
गएराति कुवेतमा भएको खेलमा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । आक्रामक रुपमा प्रस्तुत भएको कुवेतका एक दर्जन प्रहारलाई गोलरक्षक चेम्जोङले विफल पारे । ६१ औं मिनेटमा कुवेतले पेनाल्टी सदुपयोग गर्न नसक्दा कुवेतले जित आफ्नो पोल्टामा पार्न सकेन । अजित भण्डारीले पास क्लियर गर्ने क्रममा एयर बलमा खुट्टा प्रयोग गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
खेलको ८४ औं मिनेटमा नेपालले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन । कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाको प्रहारले पोस्टको दिशा लिएन ।
प्रशिक्षक योहान कालीनले पाँच खेलाडीलाई डेब्यु गराए । मिडफिल्डमा रवी पासवान र सन्तोष तामाङ, डिफेन्डरमा, सुरज विक र अजित भण्डारी र विमल रानालाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर मिल्यो ।
नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ ।
प्रकाशित समय ०७:३२ बजे

















