गृहपृष्ठ बम विस्फोट भन्दै अफवाह फैलाउने पत्रकार पक्राउ
बम विस्फोट भन्दै अफवाह फैलाउने पत्रकार पक्राउ
प्रहरीले भ्रमपूर्ण अफवाह फैलाएको अभियोगमा एक अनलाइन पत्रकारलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल तथा अनलाइनमा ‘काठमाण्डौका १० ठाउँमा बम विस्फोट’ भन्दै भ्रमपूर्ण समाचार दिएर अफवाह फैलाएको अभियोगमा कपिलवस्तु वाणगंगाका २१ वर्षीय गौरव खनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । उनले आफू सह–सम्पादक रहेको अनलाइन आवाज डट कममा पनि सो भ्रमपूर्ण समाचार सम्प्रेषण गरेका थिए ।
खनाललाई साइबर अपराधअन्तर्गत कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ । निजलाई काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन म्याद थप गराई हिरासतमा राखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
प्रकाशित समय ०७:०८ बजे

















