गृहपृष्ठ गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक अष्ट्रेलियामा हुने
गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक अष्ट्रेलियामा हुने
गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय भेला मे महिनाको ११ र १२ तारिखमा सिड्नीमा आयोजना हुने भएको छ । संघले सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसको जानकारी गराएको हो ।
ओसेनिया क्षेत्रका संयोजक तथा क्षेत्रीय भेलाका संयोजक धर्मराज अधिकारीले भेलामा करीब २० वटा मुलुकबाट ३ सय जना प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको बताए । ‘एक पटकको नेपाली सधैँको नेपाली भन्ने मन्त्रलाई आत्मसाथ गर्दै यस भेलामा संघका अध्यक्ष, पदाधिकारीहरु, संरक्षक परिषद्का पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिक्षकका सदस्यहरु, मानार्थ परिषद्का सदस्यहरु, विभिन्न मुलुकका एनसिसिका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको सहभागीता रहने एनआरएनले जनाएको छ ।
यसैगरी भेलाका लागि नेपाल सरकारका प्रतिनिधिहरु, नेपालका प्रमुख राजनीतिक दलका नेताहरु र सरोकारवाला संघ संस्थाहरुकालाई सहभागिताका लगि निमन्त्रण गरिसकेको संयोजकले जानकारी दिए ।
भेलामा नेपालमा वैदेशिक लगानी, नेपालको पर्यटन विकास र प्रबर्धन अनि विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्र्याउने अभियानलाई केन्द्रविन्दुमा राखेर बृहत छलफल गरिने छ । यसका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपालीहरुले खेल्नु पर्ने भूमिका पहिल्याउन खाका समेत तयार गरिने छ ।
भेलाको अन्तिम दिन निर्णय जारी गरिने र अतिथिहरुलाई सिड्नीको अवलोकन भ्रमण गराइने छ ।
प्रकाशित समय १९:४२ बजे

















