गृहपृष्ठ विप्लव समूहका मध्य क्षेत्रीय कमाण्डरसहित ८ जना पक्राउ

विप्लव समूहका मध्य क्षेत्रीय कमाण्डरसहित ८ जना पक्राउ

pakrau-arrest-newskarobar

नेत्रविक्रम चन्द विप्लव समूहका मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।

शुक्रबार राति प्रहरीले काभ्रेको खानीखोला– ३ बाट ओलीसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, एक एक सवारीचालक लगायत छन् ।

गएको मंगलबार काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र प्रहीबीच गोली हानाहान भएको थियो । त्यसपछि उनिहरु सो स्थान छाडेर खानिखोलातर्फ भागेका थिए । उनिहरुलाई पक्रन जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो ।

उनीहरुमाथि राज्यविद्रोहको मुद्दा चलाउने प्रहरी स्रोतले जनाएको छ । विप्लव समूहले नख्खुस्थित एनसल गेटमा बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । उपत्यका बाहिर दर्जनौ एनसेलका स्टेशन र टावरमा सोही रात आगजनी भएको थियो । सो समूहले आह्वान गरेको नेपाल बन्दका दिन देशका धेरै स्थानमा सर्वसाधारणलाई त्रसित बनाउने बस्तु भेटिएका थिए ।

सरकारले विप्लव समूहमाथि प्रतिवन्ध लगाएको छ ।

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु