गृहपृष्ठ जातीय भेदभावविरुद्ध र्याली

जातीय भेदभावविरुद्ध र्याली

नरहरीनाथ गाउँपालिका वडा नम्बर १ कोटबाडामा जातीय भेदभाव विरुद्ध र्याली तथा छलफल कार्यक्रम गरिएको छ । ५४ औँ अन्तर्राष्ट्रिय रंग भेद विरुद्धको दिवसको सन्दर्भ पारेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले सञ्चालन गरेको साझाकार्यक्रम अन्तर्गत ¥याली तथा छलफल गरिएको हो ।

वडा कार्यालयसँगको समन्वयमा भएको कार्यक्रममा सहभागीहरुले जातीय भेदभाव अन्त्य गर्न सामूहिक प्रतिबद्धता गरेका छन् । कार्यक्रममा नरहरीनाथ गाउँपालिका १ का वडाअध्यक्ष पृथ्वीबहादुर बिष्टले विकासका लागि जातीय भेदभाव तथा छुवाछुत बाधक रहेको भन्दै बजेट विनियोजन गरेर जातिय भेदभाव बिरुद्ध जनचेतना मूलक कार्यक्रम गर्ने बताए ।

मानवअधिकार पैरवी सञ्जाल नरहरीनाथका उपाध्यक्ष भावना बुढाले जातीय भेदभाव मानवअधिकार विरुद्धको कार्य भएको भन्दै यसको अन्त्यका लागि सरोकारवाला निकायहरु जागरुक हुनुपर्ने बताइन् ।

कार्यक्रममा शिक्षक, महिला, वडा कार्यालयका प्रतिनिधि, क्याम्पस, स्वास्थ्य कार्यालय, आमा समूह, वडास्तरका मानवअधिकार पैरवी सञ्जाल, वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति लगायतका प्रतिनिधि लगायतका ९० जनाको उपस्थिति रहेको कालिकोटका जिल्ला कार्यक्रम संयोजक वीर तिरुवाले जानकारी दिए ।

प्रकाशित समय १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु