गृहपृष्ठ पाकिस्तान दिवसमा मोदीको बधाई, सन्देश कार्यक्रम भने बहिस्कार

पाकिस्तान दिवसमा मोदीको बधाई, सन्देश कार्यक्रम भने बहिस्कार

pm modi_bewskarobar 3_watermarked

पाकिस्तान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई बधाई सन्देश पठाएका छन् । पछिल्लो समय भारत(पाकिस्तानबीच सम्बन्ध विग्रीरहेको चर्चाका बीच मोदीले पाकिस्तान दिवसमा खानलाई बधाई सन्देश पठाएका हुन् ।

भारतीय मिडियाले जनाए अनुसार पाकिस्तान दिवसको अवसरमा मोदीले खानलाई बधाई सन्देश त पठाएका छन् तर, दिवसका अवसरमा आयोजित कार्यक्रमको भने बहिस्कार गरिएको छ । इस्लामावादस्थित भारतीय उच्चायोगका अधिकारीले पाकिस्तान दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित हुने छैनन् ।

बधाई सन्देशमा प्रधानमन्त्री मोदीले भारतीय उपमहाद्वीपमा लोकतान्त्रिक, शान्तिपूर्ण, प्रगतिशील तथा समृद्ध क्षेत्र निर्माणका लागि मिलेर काम गर्न आह्वान गरेका छन् । जसमा आतंकवादको कुनै पनि स्थान हुन नहुनेमा उनले जोड दिएका छन् ।

सामान्यतया यस कार्यक्रममा भारतीय विदेश मन्त्रालयका अधिकारी या विदेश राज्यमन्त्रीको उपस्थिती हुन्थ्यो । तर, यसपटक भारतीय पक्षका कसैको पनि उपस्थिती नहुने भएको छ ।

‘पृथकतावादी संगठन’ हुर्रियत कन्फ्रेन्सलाई आमन्त्रित नगर्न भारतले भन्दै आएकामा त्यसलाई पनि आमन्त्रण गरिएपछि भारतको पछिल्लो प्रतिक्रिया आएको भारतीय मिडियाले बताएका छन् ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु