गृहपृष्ठ स्प्यारो एसएमएस सेवा डेढ करोडमाझ, १८०० नियमित ग्राहक
स्प्यारो एसएमएस सेवा डेढ करोडमाझ, १८०० नियमित ग्राहक
मोबाईल मेसेजिङ सेवामार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएसले डेढ करोड ग्राहकलाई सेवा प्रदान गरेको छ । प्यारो आइतबार नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीका १ हजार ८ सयभन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् ।
जानकी टेक्नोलोजीले एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो । इमेल र इन्टरनेटको पहुँच सहज नभएको ठाउमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने सहज माध्यम बनेको छ । कुनै पनि सूचनालाई भिन्दाभिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ । यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पुर्याउन सकिन्छ ।
स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको जनाएको छ ।
स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमतिपत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले केही महिनाअघि यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै जानकारी लिन सकिने सेवाको सुरुवात गरेको थियो ।
प्रकाशित समय १७:१७ बजे

















