गृहपृष्ठ एलजी इलेक्ट्रोनिक्सलाई ‘सीईएसको डिजिटल अवार्ड’

एलजी इलेक्ट्रोनिक्सलाई ‘सीईएसको डिजिटल अवार्ड’

सन् २०२१ सीईएसको डिजिटल प्रतियोगिताअन्तर्गत धेरैजसो अवार्ड एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ । यो वार्षिक ट्रेड शो सीईएस उपभोक्ता टेक्नेलोजी संघद्वारा आयोजना हुँदै आएको छ ।

यस कार्यक्रममा एलजीका घरायसी सामान, मनोरञ्जन, आइटी र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारबाट सम्मानित भएको छ । एलजीलाई यो पहिचान र सम्मान Engadget को Best of CES अवार्ड (सीईएसको आधिकारिक अवार्ड कार्यक्रम) ले दिलाएको हो । टीभीको श्रेणीमा LG OLED ले लगातार सातौं वर्षमा पनि अवार्ड हात पारेको छ भने उत्कृष्ट फोन तथा मोबाइल डिभाइसमा LG Rollable स्मार्ट फोनले उपाधिहरु हासिल गरेको छ । त्यसैगरी एलजीको नयाँ Instaview Door-in-Door Refrigerators ले घरायसी सामानहरुको विधामा अवार्ड हात पारेको छ ।

प्रविधिमा नवीनताका लागि CTA को आधिकारिक अवार्ड कार्यक्रममा एलजीले सीईएस इनोभेसन अवार्डहरु पनि हासिल गरेको छ । उक्त अवार्डहरु एलजीको C1 OLED TV र InstaView Thin Refrigerator लाई प्रदान गरिएको हो ।

संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित यस कार्यक्रममा उपभोक्त इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजीहरु प्रस्तुत गरेको थियो । यस सीईएसमा १० हजारभन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता रहेको थियो । यस सीईएसमा १० हजारभन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु