गृहपृष्ठ वासिङ्टनमा ‘प्रचण्ड’ र उपसहायक विदेशमन्त्री वेल्सबीच भेटवार्ता

वासिङ्टनमा ‘प्रचण्ड’ र उपसहायक विदेशमन्त्री वेल्सबीच भेटवार्ता

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री एलिस जी वेल्सबीच भेटवार्ता भएको छ । पत्नी सिता दाहालको उपचारका लागि अमेरिका गएका अध्यक्ष प्रचण्डले वासिङ्टनमा उपसहायक विदेशमन्त्री वेल्ससँग भेट गरेका हुन् ।

उनीहरुबीच के कुराकानी भयो भन्ने बारेमा भने केही पनि खोलिएको छैन । प्रचण्ड र वेल्सबीच भएको भेटवार्ताको तस्बिर छोरी गंगा दाहालले फेसबुकबाट सार्वजनिक गरेकी हुन् अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग भेटवार्त हुने बताइको थियो ।

तर उपराष्ट्रपति माइकसँग भेट नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु