गृहपृष्ठ विप्लव समुहका गण्डकी प्रदेश नेता पक्राउ

विप्लव समुहका गण्डकी प्रदेश नेता पक्राउ

pakrau-arrest-newskarobar

पोखरा–गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरेको छ । कास्कीमा मंगलबार सो समुहका प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका हुन् । उनलाई पोखराको लेखनाथबाट प्रहरीले पक्राउ गरेको हो । गुरुङ विप्लवको पार्टीले २ वर्षअघि घोषणा गरेको तमुवान जनसरकारका प्रमुख हुन् । पछिल्लो समय उनी जनपरिषद् तमुवान संयोजक छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जानकारी दिए । त्यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ पक्राउ कार्यकर्ता पक्रेको छ । केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ परेका हुन् ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु