गृहपृष्ठ राप्रपामा पदाधिकारी मनोनयन: वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली
राप्रपामा पदाधिकारी मनोनयन: वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विधानअनुसार अध्यक्ष कमल थापाले केही पदाधिकारीको मनोनयन गरेका छन् । अध्यक्ष थापाले वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुलीलाई मनोनित गरेका छन् । त्यसैगरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन, महेशलाल महासेठ मनोनित भएका छन् । अध्यक्ष थापाले महामन्त्रीमा राजेन्द्र लिङ्देन र डा. धवलशम्शेर जबरालाई मनोनय गरेका छन । सँगै थापाले प्रवक्तामा सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्लेलाई मनोनयन गरेका छन् ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दिपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी मनोनित भएका छन् । सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ र मदनबहादुर कार्की मनोनित भएका छन् भने सहायक प्रवक्तामा रमानन्द न्यौपाने मनोनित भएका छन् । सँगै अध्यक्ष थापाले केन्द्रीय सदस्यमा प्रदीपकुमार उदय, इन्द्रबहादुर ठकुरीलाई मनोनित गरेका छन् ।
प्रकाशित समय २०:१८ बजे
















