गृहपृष्ठ काठमाडौंबाट दुई किलो चरेससहित एक पक्राउ
काठमाडौंबाट दुई किलो चरेससहित एक पक्राउ
दुई किलो लागु औषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले चरेशसहित मुगुका रुपबहादुर बुढालाई मंगलबार दिउँसो बुढानिलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो । चरेस बेच्न झोलामा बोकेर हिँडिरहेको अवस्थामा बुढालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रकाशित समय ०९:२४ बजे

















