गृहपृष्ठ ४० हजार घुससहित दुई कर्मचारी अख्तियारको फन्दामा
४० हजार घुससहित दुई कर्मचारी अख्तियारको फन्दामा
अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
राईजो वियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा.राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट घुस लिएपछि उनिहरुलाई जनकपुरधाम उपमहानगरपालिका– ४ विषहरा चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
भुक्तानी लिन जाँदा विभिन्न बहाना बनाएर सेवाग्राहीबाट यादव र चौधरीले घुस रकम मागेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय ०९:५२ बजे

















