गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट

एभरेष्ट बैंकले ग्राहकलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न नेपाल नेशनल हस्पिटलसँग साझेदारी गरेको छ ।
एभरेष्ट बैंक र हस्पिटलबीचको समझदारीअनुसार ग्राहकहरुले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । कलंकीस्थित नेपाल नेशनल हस्पिटल एक सय शैयाको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाखभन्दा बढी छ । एभरेष्ट बैंकले आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु