गृहपृष्ठ लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोन लोन सेवा

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोन लोन सेवा

LaxmiBank-newskarobar

लक्ष्मी बैंकले स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन सेवाबाट ग्राहकले बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र त्यसको गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्ने बैँकले जनाएको छ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकका लागि हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागज-पत्र तथा निवेदन दिनु पर्दैन । यो पूर्व स्वीकृति हुने भएकाले धितो पनि नचाहिने बैँकले जनाएको छ ।

यो कर्जा अधिकतम् ३० दिनका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुनेबित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु