गृहपृष्ठ सुनसान हुन थाल्यो कोभिड अस्पताल

सुनसान हुन थाल्यो कोभिड अस्पताल

कोरोनाभाइरसको संक्रमणदर घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिन थालेको छ । केही महिना अघिसम्म कोरोना संक्रमित बिरामीले खचाखच भरिने अस्पताल अहिले रित्तिन थालेको हो ।

बिरामीको संख्या घटेपछि अस्पताल परिसर सुनसान बनेको छ । कोरोनाका नयाँ संक्रमणदर घटेपछि अस्पताल खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । कोरोना भाइरसले महामारीको रुप लिएको बेला प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्थायी अस्पताल निर्माण भएको थियो ।

सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४७ वटा नमूना परीक्षण भएको छ । जसमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएपछि मान्छेमा पहिलेको जस्तो कोरोनाको त्रास छैन । संक्रमणदर घट्दै जाँदा जनजीवन पनि सामान्य हुँदै गएको छ । मान्छेहरु निर्वाध रुपमा आ-आफ्नो कामकाजमा व्यस्त भइरहेका छन् ।

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु