गृहपृष्ठ आधा किलो सुनसहित दुई भारतीय पक्राउ

आधा किलो सुनसहित दुई भारतीय पक्राउ

कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पश्चिमी नाकाबाट ४ सय ९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेश कुमार सुनसहित पक्राउ परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र दुवै जनालाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताउनुभयो ।
काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नम्बरको जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले काठमाडौंबाट सुन खरिद गरेर ल्याएको प्रारम्भिक वयान दिएका छन् ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु