गृहपृष्ठ सांसदले उठाए प्रश्न– किन बारम्बार हवाई दुर्घटना ?

सांसदले उठाए प्रश्न– किन बारम्बार हवाई दुर्घटना ?

फाइल तस्बिर

काठमाडाैं- बारम्बार विमान दुर्घटनाको कारण खोजी गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको संसद बैठकमा सांसदहरुले विशेष समय लिएर बोल्दै बारम्बार हवाई दुर्घटना भएको प्रति सरकार गम्भीर हुनुपर्ने बताए । सांसद दिलेन्द्रप्रसाद बडूले मकालु एयरको जहाज दुर्घटना भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटना नियन्त्रण गर्नेतर्फ नीति–नियम बनाउनुपर्ने बताए । ‘विमान दुर्घटनाको घटना अत्यधिक बढिरहेको छ,’ उनले भने, ‘सरकारले नीति बनाएर विमान दुर्घटना नियन्त्रण गर्नुपर्छ ।’ बारम्बार विमान दुर्घटना हुँदा नकारात्मक सन्देश जानेतर्फ पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, सांसद हुम्लाका छक्कबहादुर लामाले हुम्ला जिल्ला जस्ता विकट तथा दुर्गम क्षेत्रमा मनसुनअघि नै खाद्यान्न पुर्याउन सरकारसँग माग गरे ।

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु