गृहपृष्ठ डाक्टर श्रीमानले निर्घात कुट्दा श्रीमतीको मृत्यु
डाक्टर श्रीमानले निर्घात कुट्दा श्रीमतीको मृत्यु
एक चिकित्सकले श्रीमतीलाई निर्घात कुटपिट गेपछि उनको उपचारका क्रममा ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका–ं २० स्थित हरपतगञ्जकी ३५ वर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । मृतक यादव नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवकी जेठी श्रीमती हुन् ।
माइती पक्षले डाक्टर यादव र उनको परिवारका सदस्य विरुद्ध उजुरी दिएका छन् । उनीहरुले कडा कारबाहीको माग गरेका छन् । डा. सचितानन्द डा. एसएन यादव नामले परिचित छन् । चैत ६ गते बुधबार होलीको दिन हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको माइती पक्षको दावी छ ।
सुरुमा गण्डक अस्पतालमा र्पुयाइए पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
प्रकाशित समय ०७:५१ बजे

















