गृहपृष्ठ लगातार प्रश्नपत्र आउट भएपछि प्रदेश २ को एसइइ परीक्षा स्थगित
लगातार प्रश्नपत्र आउट भएपछि प्रदेश २ को एसइइ परीक्षा स्थगित

एकपछि अर्को विषयको प्रश्नपत्र बाहिरिएपछि संघीय सरकारले प्रदेश २ को एसईईको बाँकी सबै विषयको परीक्षा स्थगित गरेको छ ।
यसअघि बिहीबार विज्ञान, शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । त्यस्तै आइतबार हुने स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको पनि प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।
सरकारले रोकिएको परीक्षा यही महिनामै गर्ने छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले परीक्षाको तालिका तुरुन्तै प्रकाशित गर्ने बताए । रोकिएको विज्ञान विषयको परीक्षा २२ गते हुने छ । त्यसपछि अरु रोकिएका परीक्षा हुनेछन् ।
तीन विषयको प्रश्नपत्र लगातार आउट भएपछि सबै विषयको प्रश्नपत्र बाहिरिएको आशंका छ । सरकारले यसअघि भएका अंग्रेजी, नेपाली र गणितको परीक्षा कायम राखेर विज्ञान र सामाजिक विषयको परीक्षा रद्द गरेको छ ।
एसइइ परिक्षाको प्रश्नपत्र प्रदेश २ मा पहिल्यै आउट भएपछि त्यसको बिरोधमा जनकपुरका विद्यार्थी शुक्रबार दिनभर आन्दोलनमा उत्रिए । आन्दोलनरत विद्यार्थीमाथी प्रहरिले पिडारी चौकमा लाठी चार्ज गरेको छ । विद्यार्थीमाथी लाठीचार्ज गरेपछी दिनभर पिडारी चौकको अवस्था तनावग्रस्त भएको थियो् । विद्यार्थीले सवारी आवागमन रोकेका थिए । व्यापक प्रहरी परिचालन गरिएको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम गर्न एसइइको प्रश्नपत्र आउट गरिएको आरोप लगाए ।
प्रकाशित समय २३:५१ बजे

















